नेपाली सेनाले विभिन्न पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनामा डाक्टर, इञ्जिनियरदेखि पुजारीसम्मको जागीर खुलेको हो ।
मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत ६ सय २१ जनाको विज्ञापन सेनाले खुलाएको हो । अधिकृत र पदिक तथा विल्लादारमा सेलाले दरखास्त आह्वान गरेको हो ।
अधिकृत पदका लागि १ सय ३७ जनामा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ । पदिक तथा विल्लादारमा ४ सय ८४ जना, सैनिक कर्मचारी १ सय ५५ जना र ११ जना पुजारीको लागि पनि आवेदन माग गरिएको छ ।आजको गोर्खापत्र दैनिकको पेज नम्बर १० मा विज्ञापन छापिएको छ ।