उडिरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई नेपाली यात्रु ओर्लेपछि प्रहरी हिरासतमा

उडिरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुई नेपाली यात्रु ओर्लेपछि प्रहरी हिरासतमा


  • जन संचार
  • बिहिबार, २३ चैत्र २०७९
  • 13.9K
    Shares

आकाशमै झगडा गर्ने दुई नेपाली यात्रु ओर्लेपछि प्रहरी हिरासतमा

उडिरहेको जहाजमा झगडा गर्ने दुई जना यात्रुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रहरीलाई बुझाएको छ।

विराटनगरबाट काठमाडौं आइरहेको जहाजभित्र आकाशमै झगडा गर्ने दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठलाई प्राधिकरणले नियन्त्रणमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई बुझाएको थियो।

उनीहरुलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशालामा पठाएको कार्यालयका एसएसपी लालमणि आचार्यले जानकारी दिए।

उनीहरूबीच आर्थिक लेनदेन भएको र केही विषयमा कुरा नमिल्दा  जहाजभित्रै झगडा भएको हुनसक्ने उनले बताए।

जहाजमा झगडा भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको छ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले उनीहरूलाई गैरसैनिक हवाई ऐन, २०१५ अनुसार कारबाही गर्न प्रहरीलाई बुधबार नै बुझाएको बताए।

उनीहरूलाई कुन कसूरमा अनुसन्धान अघि बढाउनेबारे प्रहरीले अध्ययन गरिरहेको छ।

प्रतिक्रिया