एसईई सन्दर्भ; मोरङमा एउटाको नामबाट अर्काले परिक्षा दिनेहरु पुगे ११६ जना

एसईई सन्दर्भ; मोरङमा एउटाको नामबाट अर्काले परिक्षा दिनेहरु पुगे ११६ जना


  • जन संचार
  • बिहिबार, २३ चैत्र २०७९
  • 13.2K
    Shares

मोरङमा एउटाको नामबाट अर्काले परिक्षा दिनेहरु पुगे ११६ जना

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले पुष्टि गरे ।।प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो ।

यस्तै, केराबारी गाउँपालिका-७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका-१ स्थित जनता माध्यामिक विद्यालयबाट २०  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुन-कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उनले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् ।

उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए ।

 

प्रतिक्रिया