दक्षिण भारतको चेन्नईको नानगानल्लुर क्षेत्रमा रहेको धर्मलिङ्गेश्वर मन्दिर नजिकै पाँच जनाको डुबेर मृत्यु भएको छ ।
तमिलनाडुको राजधानी चेन्नईको धार्मिक अनुष्ठान (स्नान) गर्ने क्रममा बुधबार एक मन्दिर नजिकैको सार्वजनिक ट्याङ्कीमा डुबेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरुमा एक जना चिप्लिएर डुबे । उनलाई बचाउने प्रयास गर्दा अन्य व्यक्ति पनि पानीमा डुबेका थिए ।
पङ्गुनी उथिराम (तमिल पर्व) उत्सवको एक भागको रूपमा भक्तजनहरू स्नानका लागि ट्याङ्कीमा भेला भएका थिए ।
उनले भने, ‘सुरुमा एक जना चिप्लिएर डुबे । उनलाई बचाउने प्रयास गर्दा अन्य व्यक्ति पनि पानीमा डुबेका थिए ।’
चेन्नईका प्रहरी आयुक्त शंकर जिवाललाई उद्धृत गर्दै स्थानीय टेलिभिजन च्यानल एनडिटिभीले भनेको छ, ‘के गलत भयो वा धार्मिक स्थानमा नियमको पालना भयो कि भएन भनेर हामी अनुसन्धान गरिरहेका छौं ।’
एक हप्ताभन्दा कम समयमा भारतको कुनै मन्दिर नजिकै भएको यो दोस्रो घातक घटना हो ।
गत साता मध्य प्रदेशको इन्दोर शहरमा एक मन्दिरभित्रको कुवाको छाना भत्किँदा ३६ जनाको मृत्यु भएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी मनाउन भक्तजनको भीड लागेको समय उक्त दुःखद् घटना भएको थियो ।