एसईईको परिक्षा केन्द्रबाट एकैपटकमा समातिए यतिधेरै परिक्षार्थी

एसईईको परिक्षा केन्द्रबाट एकैपटकमा समातिए यतिधेरै परिक्षार्थी


  • जन संचार
  • बिहिबार, २३ चैत्र २०७९
  • 12K
    Shares

मोरङमा एउटाको नामबाट अर्काले परिक्षा दिनेहरु पुगे ११६ जना

मोरङको एक विद्यालयबाट शिक्षा परीक्षा (एसईई) दिईरहेका ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।

ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए ।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।

कुन-कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उनले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् ।

शंकास्पद ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले यो संख्या घटबढ हुनसक्ने बताएको छ ।

प्रतिक्रिया