एकताको सूचीबाट बिद्रोही मशाल पछि हट्यो, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुँदै

एकताको सूचीबाट बिद्रोही मशाल पछि हट्यो, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुँदै


  • जन संचार
  • बिहिबार, २३ चैत्र २०७९
  • 4.7K
    Shares

नेत्रबिक्रम चन्द बिप्लवसंग मिलेर सम्बन्ध बिच्छेद गरेको झन्डै नौ वर्षपछि धर्मेन्द्र बास्तोला ‘कन्चन’ले आफ्नो नेतृत्वमा रहेको नेकपा (बहुमत)लाई मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)संग एकता गर्न लागेका छन्। मोहन बैद्य ‘किरण’को नेतृत्वमा रहेको नेकपा (माओवादी)संग २०७० सालको मंसिरमा सम्बन्ध बिच्छेद गरेका बिप्लवसंग पनि सम्बन्ध बिच्छेद गरेका धर्मेन्द्र बास्तोलाले शुक्रबार पार्टी एकता गर्दैछन।

टुटफुटको शृंखलालाई रोक्दै नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच शुक्रबार काठमाण्डौमा पार्टी एकता हुदैछ। काठमाण्डौको घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरेर ती दुवै पार्टीले पार्टी एकता भएको घोषणा गर्दैछन।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’बी लामो समययता पार्टी एकताका लागि वार्ता टोलीमा छलफल हुँदै आएको थियो । उनीहरुले पार्टी एकता प्रक्रिया अघि बढाउनका लागि मोहन बैद्य किरण, धर्मेन्द्र बास्तोला कन्चन, हेमन्त प्रकाश वली’सुदर्शन’ सिपि गजुरेल “गौरब”, दिपक चलाउने”दिपक र रामसिंह श्रीष सम्मिलित संयोजन समिति निर्माण गरिएको प्राप्त समाचारमा जनाइएको छ।

पार्टी एकताको अन्तिम तयारी हुँदै गर्दा पार्टीको नाम के राख्ने र नेतृत्व कस्तो हुने भन्ने बारेमा आज बस्ने पार्टी एकताका लागि बसेको संयोजन समिति बैठकले टुंग्याउने बताइएको छ।

पार्टी एकीकरण पश्चात अब बन्ने पार्टी अध्यक्षतात्मक प्रणालीमा जाने र एकता महाधिबेशन पश्चात भने पार्टी महासचिव प्रणालीमा जान सक्ने समाचार स्रोतहरुले बताएका छन्। पार्टी एकतापछि भने दुवै पार्टीका गरेर ९९ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी भैरहेको बताइएको छ।

यस अघि क्रान्तिकारी माओवादी र नेकपा (बहुमत)संगै पार्टी एकताको चर्चा चलेको सन्त बहादुर नेपाली नेतृत्वको नेकपा मशाल भने तत्काललाई यस पार्टी एकता प्रक्रियाबाट बाहिरिएको छ। मोहन बिक्रम सिंह नेतृत्वको नेकपा (मशाल)संग बिद्रोह गरेको त्यस समुहले माओवाद कि माओवादी विचारधारा भन्ने बारेमा छलफल गर्ने चाहेको तथा नेपालको कम्युनिष्ट आन्दोलन बारे अध्ययन गर्नुपर्ने भन्दै समय मागेकाले तत्कालका लागि पार्टी एकता प्रक्रियाबाट बाहिएको बिश्वस्त समाचार स्रोतहरुले जानकारी दिएका छन्।

प्रतिक्रिया