दुर्गा प्रसाईंको महाअभियानलाई उनकै जन्मथलोमा चुनौती : ऋण नतिरेको भन्दै झापामा एनआईसी एसिया बैंकले घरमा सुरक्षा गार्ड ड्युटी खटाएर दियो दबाब

दुर्गा प्रसाईंको महाअभियानलाई उनकै जन्मथलोमा चुनौती : ऋण नतिरेको भन्दै झापामा एनआईसी एसिया बैंकले घरमा सुरक्षा गार्ड ड्युटी खटाएर दियो दबाब


  • जन संचार
  • बुधबार, २२ चैत्र २०७९
  • 3.9K
    Shares

देशमा देखिएको आर्थिक मन्दीकाकारण उद्योगी व्यवसायीहरु ऋण तिर्न नसक्ने अवस्था नरहेको भन्दै देशभर बैंक तथा वित्तीय सस्थाको ऋण नतिर्ने महाअभियान संचालन गरिरहेका दुर्गा प्रसाईंकै जन्मथलो झापामा निर्धारित समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा नै सुरक्षा गार्ड खटाएर प्रसाईंको महाअभियानलाई चुनौती दिएको छ ।

तीन महिनादेखि किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले दमक नगरपालिका वडा नम्बर ५ का दुर्गा प्रसाद कँडेलको घरमा तीन जना सुरक्षा गार्ड खटाएको छ । दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गरेका थिए। यद्यपि अहिले गार्ड हटेका छन्। गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पहलमा फिर्ता पठाइएको हो।

नेकपा एमालेका तात्कालिन केन्द्रीय सदस्य दुर्गा प्रसाईँले गएको फागुन १ गते झापाको मेची पुलमा पूर्व राजा ज्ञानेन्द्र र पूर्व युवराज पारसको उपस्थितिमा एक भब्य समारोहको आयोजाना गरेर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाभियान’ शुरु गरेका थिए  ।

उक्त कार्यक्रममा प्रसाईंले गणतन्त्रविरोधी तर्क गरे। अहिलेको अवस्थामा गणतन्त्र काम छैन भन्ने अवस्थामा पुगेको उनले बताए। प्रसाईंले यो अभियान बैंक र वित्तीय संस्थाको आतंकविरुद्ध भएको बताउँदै आएका छन्। उनले बैंक र वित्तीय संस्थाका कारण नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था आएकोले अभियान चलाएको बताए।

अहिले देशभर बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने महा अभियान संचालन गरिरहेका प्रसाईं झापाओ दमकस्थित बिएण्डसी क्यान्सर अस्पतालका संचालक समेत हुन्।

३ महिनादेखि कँडेलले बैंकको साँवा तथा ब्याज तिर्न सकेका थिएनन् । पैसा तिर्छुभन्दा पनि बैंकका कर्मचारीले गाली गर्ने गरेका उनकी श्रीमती चन्द्रकलाले बताइन्।’खाएपछि समयमा तिर्नु पर्दैन ?’ भनी बैंकका कर्मचारीले अपमानजनक शब्द बोल्ने गरेका उनले दुखेसो गरिन्।

४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रुपैयाँ मात्र लगेर जम्मा गरेको कँडेलले बताए ।

पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको हो। उनले १ करोड रुपैयाँ ऋण लिएका थिए । साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाकी रहेको कँडेलले बताए ।

बैंकले खटाएका सुरक्षा गार्डले घरमा आउनेहरूलाई सलाम गर्ने गरेका थिए । उनले ३ वर्षअघि उक्त ऋण लिएका थिए । बैंकले नै बोलाएर कर्जा दिएको कँडेल परिवारको दाबी छ । उनी प्लटिङ व्यवसाय गर्थे । ‘कित्ताकाट लामो समयसम्म रोकिँदा समस्या आयो,’ उनले भने ‘आर्थिक मन्दीका कारण पनि जग्गाको कारोबार भएको छैन ।’

बैंकले समयमा साँवा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरूलाई बन्धक बनाएको कँडेल बताउँछन्। बैंकका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खँनियाले भने यो विषयमा कुनै जानकारी नभएको बताए ।

प्रतिक्रिया