नेपाली चलचित्र ‘प्रसाद-२’को प्रदर्शन रोक्न अदालतको आदेश

नेपाली चलचित्र ‘प्रसाद-२’को प्रदर्शन रोक्न अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २१ चैत्र २०७९
  • 13.7K
    Shares

उच्च अदालत पाटन

उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले यस्तो आदेश दिएको हो। अदालतको आदेशसँगै शुक्रबारदेखि गरिने भनिएको प्रदर्शन रोकिएको छ।

चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको उल्लेख गर्दै चलचित्र निर्माताका रुपमा चिनाइएको तर पछि नाम हटाएपछि केशव पाण्डेले प्रदर्शन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए।

पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुगेका थिए। उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही चैत २६ गते बोलाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार