निर्वाचन भएको ११ महिनापछि पोखरा १८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश

निर्वाचन भएको ११ महिनापछि पोखरा १८ को मतगणना पुनः गर्न उच्च अदालतको आदेश


  • जन संचार
  • मंगलबार, २१ चैत्र २०७९
  • 11.9K
    Shares

पोखरा उच्च अदालत

उच्च अदालत पोखराले निर्वाचन सम्पन्न भएको ११ महिनापछि पोखरा महानगरपालिका वडा नम्बर १८ को मतगणना पुनः गर्न आदेश दिएको छ ।

गत बैशाख २० गते भएको चुनाबको मत परिणाममा असन्तुष्टि जनाउदै एमाले उम्मेदवार पुस्कलबहादुर थापाले पोखरा १८ को मतगणना पुनः गर्न माग गर्दै दिएको रिटमा आज उच्च अदालत पोखराले त्यस्तो आदेश दिएको हो।

उक्त मतगणनामा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिनाले ३ मतले जीतेका थिए । उनले एमालेका पुस्कलबहादुर थापालाई पराजित गरेका हुन् । शिवले एकहजार छ सय ४३ मत ल्याउँदा पुस्कलबहादुर थापाले एक हजार चसय ४० मत ल्याएका थिए ।

३ मतले पराजित भएका थापाले ५ भोट मिसिङ भएको भन्दै पुनः मतगणना हुनुपर्ने भन्दै अदालतमा रिट हालेका थिए ।

प्रतिक्रिया