मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ

मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ


  • जन संचार
  • मंगलबार, २१ चैत्र २०७९
  • 2.5K
    Shares

मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी

मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी सोमबार बिहान सप्तरीको राजविराजबाट पक्राउ परेका छन् ।

उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेको थियो। सप्तरीका डीएसपी नरेशकुमार सिंहले सुरेन्द्र मधेशी पक्राउ परेको पुष्टि गरे।

एक नेताका अनुसार पक्राउ परेका मधेशी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन्। उनी पार्टीका संस्थापक सदस्य समेत थिए भने डेरी व्यवसायी पनि हुन्।

मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

साथै मिटरब्याजीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज प्रतिनिधिसभामा उठेको थियो ।

प्रतिक्रिया