सीता एयरले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर छाडेपछि…

सीता एयरले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज लगेर छाडेपछि…


  • जन संचार
  • आइतबार, १९ चैत्र २०७९
  • 2.6K
    Shares

सीता एयर

दाङबाट काठमाडौंका लागि सीता एयरको जहाज चढेका यात्रीलाई सो जहाजले नेपालगञ्जमा झारेर अलपत्र पारिदिएको खबर छ। दाङबाट काठमाडौंका लागि सीता एयरको जहाज चढेका यात्रीलाई चैत २५ गते सो जहाजले नेपालगञ्जमा झारेर अलपत्र पारिदिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, काठमाण्डौ जान दाङका यात्रीले सीता एयर जहाजको टिकट काटेका थिए। सोही अनुरुप उक्त जहाजले आफ्ना यात्री बोकेर काठमाण्डौका लागि उडान भाफ्रेको थियो। तर उक्त जहाज सोझै काठमाण्डौ नगइ नेपालगंज पुगेको थियो। दाङबाट काठमाण्डौका लागि जहाज चढेका यात्रीले नेपालगंजमा झारेर अन्यत्रै उडान गरेको थियो ।

यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्राधिकरणले छानविन प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिएको छ । ‘सीता एयर प्रालिले १५ चैतमा दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगञ्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानविन प्रक्रिया अगाडि बढाइएको छ’ प्राधिकरणले भनेको छ ।

प्रतिक्रिया