पोखरामा दिउसै चोर्दा चोर्दै समातिएका एक युवालाई पोखराका स्थानीय बासिन्दाले बाँधेर प्रहरीलाई बुझाएका छन्। पोखरा महानगरपालिका वडा नम्बर ३२ स्कुल टोलस्थित कमल बोहोराको घरमा चोरी गर्न घर फोड्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले ती युवालाई बाँधेर प्रहरीलाई बुझाएका हुन्। प्रहरीलाई बुझाएको भनिएका युवाको परिचय भने खुलाइएको छैन।
सामाजिक संजालमा सार्वजनिक फोटोमा ती युवालाई बाँधेको देखाइएको छ। उनको साथबाट दुई थान मोबाइल र एक थान चक्कु बरामद भएको पनि प्राप्त जानाकारीमा उल्लेख छ।
स्थानीय बासिन्दाले ती युवालाई पोखराको लेखनाथस्थित प्रहरी चौकी पावरहाउसलाई जिम्मा लगाएको पनि बताइएओ छ । यस बारेमा भएन प्रहरीले आधिकारिक रुपमा केही जानकारी सार्वजनिक गरिसकेको छैन।