मेयर ससुराको सट्टा एसईई परिक्षा दिन गएका इन्जिनियर ज्वाँइ पक्राउ

मेयर ससुराको सट्टा एसईई परिक्षा दिन गएका इन्जिनियर ज्वाँइ पक्राउ


  • जन संचार
  • आइतबार, १९ चैत्र २०७९
  • 14.3K
    Shares

ससुराको सट्टा एसईई परिक्षा दिन गएका इन्जिनियर ज्वाँइ पक्राउ

रौतहटको देवाही गोनाही नगरपालिकाका नगरपालिकाका परीक्षार्थी पक्राउ परेका छन् ।

मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया