आज चैत १८ मा काठमाडौंको चन्द्रागिरिको डाँडामा हिमपात भएको छ ।
चन्द्रागिरि डाँडामा यो बर्षको पहिलो हिउँ आज परेको हो ।
हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रमा हिमपात भएको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन्।
यसअघिका वर्षमा माघ-फागुन नै चन्द्रागिरिमा हिमपात हुने गरेको भए पनि यसपटक भने मध्य चैतमा हिमपात भएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भएकाले अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ ।बाँकी पहाडी क्षेत्रमा पानी परेको छ ।