प्राविधिक गडबडीले अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्न पत्र

प्राविधिक गडबडीले अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्न पत्र


  • जन संचार
  • शुक्रबार, १७ चैत्र २०७९
  • 18.5K
    Shares

एसईईमा प्राविधिक त्रुटी अंग्रेजीको सट्टा नेपालीको प्रश्नपत्र

धनुषाको एक परीक्षा केन्द्रमा अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि  झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको छ ।

धनुषाको औरही गाउँपालिका स्थित मा.वि. चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको छ ।

प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी पुरीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख आयुक्तले  जानकारी दिए ।
एसईई अन्तर्गत आज बिहान ८ बजेदेखि देशैभर अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु भएको छ ।

प्रतिक्रिया