अन्नपूर्ण पदमार्ग घुम्न गएका चिनियाँ नागरिक भीरबाट खसेर घाइते

अन्नपूर्ण पदमार्ग घुम्न गएका चिनियाँ नागरिक भीरबाट खसेर घाइते


  • जन संचार
  • बिहिबार, १६ चैत्र २०७९
  • 5.2K
    Shares

घाइते चिनियाँ गुकइ झाङ

विश्वको उत्कृष्ट १० वटा पदमार्गहरु मध्ये एक अन्नपूर्ण पदमार्गमा घुम्न गएका एकजना चिनियाँ नागरिक भीरबाट खसेर घाइते भएका छन् । मनाङको नासों गाउँपालिका-२, खोत्रो नजिकै पुरानो पदमार्गबाट मर्स्याङ्दी नदीमा खस्दा चिनियाँ नागरिक ४१ वर्षीय गुकइ झाङ घाइते भएका हुन् ।

मनाङको नासों गाउँपालिका-२, खोत्रो नजिकै पुरानो पदमार्गबाट मर्स्याङ्दीमा खसेका चिनियाँ नागरिकलाई उद्धार गर्दै प्रहरी र स्थानीय । तस्बिरः कान्तिपुर ।
जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी नवीनकुमार भण्डारीका अनुसार बुधबार बिहान ११ बजेतिर खबर आएपछि उद्धारको लागि आफूसहित ताल प्रहरी चौकी र इलाका प्रहरी कार्यालय धारापानीबाट प्रहरी खटिएको थियो । प्रहरी र स्थानीय गरी घाइते चिनियाँ नागरिकको उद्धार गरी धारापानी स्वास्थ्य चौकी ताल लगिएको थियो ।

तालबाट धारापानीतर्फ जाने क्रममा नासों गाउँपालिका-२, खोत्रोस्थित क्युलाटी भन्ने स्थानबाट करिब २ सय मिटर तल खसेका ती पर्यटकको टाउको, मुख, शरीर, हात, खुट्टामा चोट लागेको डीएसपी भण्डारीले बताए । तत्काल हेलिप्टर आउने नभएपछि नासों गाउँपालिकाको एम्बुलेन्समार्फत लमजुङ अस्पतालमा लगिएको र लमजुङमा पनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल काठमाडौं पठाइएको उनले बताए ।

नासों गाउँपालिका-१ का अध्यक्ष मीनराशी गुरुङले एक्लै घुम्न आएका चिनियाँ नागरिक नासों गाउँपालिका २ तातोपानी नजिकै भिर (मकैडाँडापारि) पुरानो पदमार्गबाट मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका थिए । बेंसीसहर–चामे सडक मर्मत गर्ने श्रमिकहरुले जानकारी गराएपछि वडाअध्यक्षसहित मर्स्याङ्दी युवा क्लब तालका अध्यक्ष निरण गुरुङसहितको टोली र प्रहरीले उद्दार गरेको स्थानीय पत्रकार राजन गुरुङले जानकारी दिए । हेलिकप्टर नआएपछि लमजुङ सदरमुकाम बेंसीसहर लगिएको र लमजुङमा पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको उनले बताए ।

प्रतिक्रिया