काठमाडौंबाट १७ करोडको कोकिनसहित २ भारतीय महिला पक्राउ

काठमाडौंबाट १७ करोडको कोकिनसहित २ भारतीय महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १६ चैत्र २०७९
  • 13.7K
    Shares

१७ करोडको कोकिनसहित २ भारतीय महिला पक्राउ

लगभग ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले होटलबाट पक्राउ गरेको छ ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।

त्यस्तै १४ चैतमै भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनीहरु दुबै जनाबाट बरामद भएको कोकिनको मूल्य १७ करोड, ३ लाख ५९ हजार २०० रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार