भोलिदेखि शुरु एसईई परिक्षामा, नेपाल र जापान गरी कतिजना परीक्षार्थी सहभागी छन् यसपाली, हेरौं

भोलिदेखि शुरु एसईई परिक्षामा, नेपाल र जापान गरी कतिजना परीक्षार्थी सहभागी छन् यसपाली, हेरौं


  • जन संचार
  • बिहिबार, १६ चैत्र २०७९
  • 12.8K
    Shares

नेपाल र जापान गरी कतिजना परीक्षार्थी सहभागी छन् यसपाली, हेरौं

चैत १७ गते शुक्रबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू हुँदैछ।

५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

चैत २९ गतेसम्म एसईई चल्ने एसईई परीक्षाका लागि प्रश्नपत्रहरू केन्द्रसम्म पुर्‍याइसकिएका छन्।

यसपालि एसईईका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ।

जापानबाट पनि परीक्षार्थीहरू सहभागी हुँदैछन्।

रोजगारीका क्रममा जापानमा रहेका नेपालीका छोराछोरीले त्यहीँबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ।

यसपालि १४ जना परीक्षार्थीले जापानबाट परीक्षा दिने भएका छन्।

प्रतिक्रिया