रुपन्देही, शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।