१६ मन्त्रालय आफैं हेरिरहेका प्रधानमन्त्री प्रचण्ड आज मन्त्रीपरिषद बिस्तार गर्ने तयारीमा

१६ मन्त्रालय आफैं हेरिरहेका प्रधानमन्त्री प्रचण्ड आज मन्त्रीपरिषद बिस्तार गर्ने तयारीमा


  • जन संचार
  • बिहिबार, १६ चैत्र २०७९
  • 9.5K
    Shares

१६ मन्त्रालय आफैं हेरिरहेका प्रधानमन्त्री प्रचण्ड आज मन्त्रीपरिषद बिस्तार गर्ने तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।

उनले सत्ता गठबन्धन दलसँग सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम मागिसकेका छन्।

नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ। नेकपा माओवादी केन्द्रले ५, जसपाले २ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति सत्ता गठबन्धनभित्र बनेको छ।

जसपाले अहिले १ मन्त्रालय लिएकोमा अब एक राज्यमन्त्री पाउने भएको छ। लोसपाले १, नागरिक उन्मुक्ति पार्टीले १, नेपाल समाजवादी पार्टीले १ र आम जनता पार्टीले १ मन्त्रालय पाउने भएका छन्।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ।

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरूको नामसमेत टुंग्याइसकेको छ। एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भूसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन्।

सत्ता गठबन्धनको बुधबार साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालय भागबन्डा करिब टुंग्याएको थियो। आज दलहरूले मन्त्रीका नाम प्रधानमन्त्रीलाई बुझाएमा आजै मन्त्रिपरिषद बिस्तार र नयाँ मन्त्रीहरूको शपथ तथा पदभारग्रहणसमेत हुनेछ।

नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ। नेकपा माओवादी केन्द्रले ५, जसपाले २ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति सत्ता गठबन्धनभित्र बनेको छ।

यस्तै जसपाले अहिले १ मन्त्रालय लिएकोमा अब एक राज्यमन्त्री पाउने भएको छ। लोसपाले १, नागरिक उन्मुक्ति पार्टीले १, नेपाल समाजवादी पार्टीले १ र आम जनता पार्टीले १ मन्त्रालय पाउने भएका छन्।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । चैत ६ मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारमा नजाने भएको छ।

दलहरूले सरकारमा पठाउने मन्त्रीका नाम आज टुंगो लगाउने भएका छन्।

प्रधानमन्त्री दाहालले गत चैत ६ मा दोस्रो पटक विश्वासको मत लिएका थिए। उनले मन्त्रिपरिषद बिस्तार गर्न खोजे पनि भागबन्डा नमिलेका कारण ढिलाइ भइरहेको थियो।

गत पुस १० मा बनेको तत्कालीन ७ दलीय गठबन्धन सरकारमा रहेका नेकपा एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले चैत ६ मा दोस्रो पटक विश्वासको मत लिनुपरेको थियो। त्यसअघि पुस २६ मा प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए। प्रधानमन्त्रीले करिब एक महिनादेखि १६ मन्त्रालय हेर्दै आएका छन्।

 

 

प्रतिक्रिया