पूर्व प्रम पत्नी आरजु देउवाले देखिन्, काभ्रेमा सूर्यमुखी काग्रेस (हेर्नुस भिडियो)

पूर्व प्रम पत्नी आरजु देउवाले देखिन्, काभ्रेमा सूर्यमुखी काग्रेस (हेर्नुस भिडियो)


  • जन संचार
  • आइतबार, १२ चैत्र २०७९
  • 2.4K
    Shares

गएको चुनाबमा घन्टी चुनाब चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कारण सोचे जति राम्रो परिणाम नआएको निष्कर्ष निकालेको नेपाली काग्रेसकी नेत्री एबम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाकी धर्मपत्नी आरजु देउबाले काभ्रेमा कांग्रेसलाई हराउने सूर्यमुखी कांग्रेसलाई भेट्टाएकी छिन।

नेपाल तरुण दल काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा आरजुले चुनावमा आफ्ना उम्मेदवार हराउन सूर्यमुखी र घण्टी कांग्रेसहरु उब्जिएको टिप्पणी गदै अघि भनिन्,”घण्टी कांग्रेस सुनेकी थिएँ, यहाँ त सूर्यमुखी कांग्रेस रहेछन्। ”

उनले अघि थपिन्,”अचेल कांग्रेसका उम्मेदवारले चुनावमा जाँदा २०/२५ प्रतिशत कार्यकर्ताले भोट हाल्दैनन् भन्ने अवस्था छ । यसपालि पनि हामीले ११० सीट जित्ने निश्चित थियो तर ८९ सीटमा सीमित भयौँ । पहिले त सूर्य मात्र थियो अहिले त घण्टी आयो । मैले घण्टी कांग्रेस त धेरै सुनेकी थिएँ तर यहाँ त सूर्यमुखी कांग्रेस पनि रहेछन् भन्ने थाहा पाएँ ।

कांग्रेसका आधा दर्जन केन्द्रीय नेता र सांसदहरूसहित काभ्रे पुगेकी राणासमक्ष स्थानीय केही कांग्रेस नेताले सूर्यमुखी कांग्रेसहरुले एमालेका गोकुल बास्कोटालाई जिताएको आरोप लगाएका थिए ।

बास्कोटासँग चुनावमा पराजित भएका शिव हुमागाईँलगायत उनीसमक्ष अन्तर्घातको विवरण सुनाएपछि राणाले घण्टी कांग्रेसजस्तै सूर्यमुखी कांग्रेसहरु फैलिएको बताएकी हुन् ।

राणाभन्दा अगाडि बोल्ने कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले घण्टी कांग्रेसको चर्चा गर्दै काभ्रेमा गोकुल बास्कोटालाई भोट दिने सूर्यमुखी कांग्रेसलाई माफ दिन नसकिने बताइन् ।

प्रतिक्रिया