गण्डकी प्रदेशसभामा मुख्यमन्त्री अधिकारी अल्पमतमा : माओवादी केन्द्रका मन्त्रीहरुले बुझाए राजिनामा

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री अधिकारी अल्पमतमा : माओवादी केन्द्रका मन्त्रीहरुले बुझाए राजिनामा


  • जन संचार
  • शुक्रबार, १० चैत्र २०७९
  • 3.3K
    Shares

गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरु मुख्यमन्त्री खगराज अधिकारी समक्ष राजिनामा बुझाउदै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन्। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले दिएको समर्थन शुक्रबार फिर्ता लिए पछि मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका हुन्।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश्सभा प्रदेशसभा संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्रीमा खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही बैठकको निर्णय बमोजिम खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका दुई जना मन्त्रीले समेत आफ्नो पदबाट राजीनामा दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीलाई भेटेर उनीहरुले राजीनामा दिएका हुन् ।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीले राजीनामा दिएका हुन् । शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएपछि अब एक महिनाभित्र मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे ठूलो दलको नेताको हैसियतले स्वतः मुख्यमन्त्री बन्ने छन् ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सात (सभामुखबाहेक), राप्रपाका २ र एकजना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३० जना सांसद चाहिन्छ । तर, माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीको पक्षमा एमाले र राप्रपाका गरेर २४ जनामात्र सांसद छन् ।

प्रतिक्रिया