राप्रपाका शीर्ष नेताहरुसंग पूर्व राजाले पोखे असन्तुष्टि : सात राजनीतिक दलहरुसंगको भद्र सहमति कार्यान्वयन गराउन पहल गर्ने सहमति

राप्रपाका शीर्ष नेताहरुसंग पूर्व राजाले पोखे असन्तुष्टि : सात राजनीतिक दलहरुसंगको भद्र सहमति कार्यान्वयन गराउन पहल गर्ने सहमति


  • जन संचार
  • शुक्रबार, १० चैत्र २०७९
  • 3.3K
    Shares

राजतन्त्र र हिन्दु अधिराज्य पुनर्स्थापना गर्ने मुख्य उद्देश्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारमा गए पछि असतुष्ट रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईको महा अभियानमार्फत राजतन्त्र पुनर्स्थापनाको अभियान चलाएका छन्। पूर्व राजा असन्तुष्ट रहेको थाहा पाए पछि सरकारबाट बाहिरिएको राष्ट्रिय पजातन्त्र पार्टीका शिर्ष नेताहरुले पुर्व राजा ज्ञानेन्द्र शाहको झापाको दमकस्थित निवासमा पुगेर उनलाई भेटेको छ।

केही समयदेखि राजनीतिक सक्रियता देखाउन खोजिरहेका पूर्वराजासँग राजावादी पार्टीको शीर्ष नेतृत्वको यो भेटवार्ता अर्थपूर्ण थियो । पूर्वराजाको बोलावटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणा दमक पुगेका थिए ।

दुई घन्टा लामो भेटवार्ताका क्रममा पूर्वराजाले देशको वर्तमान राजनीतिक तथा भूराजनीतिक अवस्थालाई लिएर चिन्ता व्यक्त गरेका थिए भने पूर्वराजाले राप्रपा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएकोप्रति असन्तुष्टि व्यक्त गरेको भेटमा सहभागी अर्का एक नेताले बताए । राप्रपा अध्यक्ष लिङदेनले आफूहरु सरकारमा जानुको औचित्य पुष्टि गर्ने प्रयास गरे पनि पूर्वराजा त्यसमा बिश्वस्त हुन नसकेको ती नेताको भनाइ छ । अहिले सरकारमाथिको समर्थन फिर्ता लिएको विषयमा भने पूर्वराजाले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

राजसंस्था पक्षधर शक्तिहरु तितरबितर र असंगठित भएकोमा पूर्वराजाले गुनासो गरेको पनि ती नेता बताउँछन् । ‘म सबैको साझा हुँ, मेरो लागि सबै बराबर हुन्’, पूर्वराजाको भनाइ उद्धृत गर्दै उनले भने, ‘मैले कसैसँग टाढा र कसैसँग नजिक हुन मिल्दैन । तर, राजसंस्था चाहने शक्तिहरु नै आपसमा झगडा गर्नु ठीक भएन । मिलेर जानुपर्‍यो ।’

आफूले लामो समयसम्म धैर्य गरेर बसेको तर, दलहरुले देशलाई ठीक दिशामा नलगेको गुनासो गरेका पूर्व राजाले देशको जर्जर अर्थतन्त्र, कूटनीतिक असन्तुलन, राजनीतिक अस्थिरता, साम्प्रदायिक विग्रहलगायतका विषयमा छलफल गरेको बताइएको छ। .

राजसंस्था पुनःस्थापनाको मार्गचित्र के हुन सक्छ भन्नेमा पनि छलफल भएको थियो । दोस्रो जनआन्दोलनका क्रममा राजा र तत्कालीन सात दलबीच भएको भनिएको ‘भद्र सहमति’ कार्यान्वयन हुनुपर्नेमा आफूहरुले जोड दिएको बैठकमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताए । मिश्रका अनुसार पूर्वराजाले दलहरुसँग आफ्नो भद्र सहमति भएको स्वीकारेका थिए ।

राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा राप्रपाले नै अझ बुलन्द ढंगले उठाओस् भन्ने पूर्वराजाको संकेत थियो । राप्रपा नेताहरुले भने हालै व्यवसायी दुर्गा प्रसाईंको सभामा पूर्वराजपरिवार सहभागी भएकोमा गुनासो गरेका थिए । स्रोतका अनुसार पूर्वराजाले जवाफमा भने, ‘म सबैको साझा हुँ । मैले कसैप्रति पनि पूर्वाग्रह राख्नु हुँदैन ।’

यस अघि पहिलो संबिधान सभा भंग भए पछि पूर्व राजा ज्ञानेन्द्र शाहले न्युज २४ टेलिभिजनका पत्रकार प्रेम बानियाँलाई अन्तरवार्ता दिदै तत्कालिन समयमा सात राजनीतिक दलहरुसंग भद्र सहमति भएको खुलासा गरेका थिए।

सात दलबाट आठ दल (माओवादी थपिएपछि) भएपछि यो सहमतिबाट दलहरु विमुख भएको पूर्वराजाले सो अन्तर्वार्तामा बताएका थिए । त्यसपछि पनि उनले विभिन्न वक्तव्यहरुमा यो विषय उठाउँदै आएका छन् । तर, दलहरुले स्वीकार गरेका छैनन् ।

स्रोतका अनुसार जनआन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालीन सात दलका शीर्ष नेताहरु र पूर्वराजाबीच ५ बुँदे समझदारी भएको हो । तर, त्यो लिखित थिएन । उक्त सहमतिका पाँच बुँदा यस्ता थिएः

१. संसद पुनःस्थापना गर्ने

२. जनआन्दोलन स्थगन गर्ने

३. संवैधानिक राजसंस्था कायम राख्ने

४. कार्यकारी अधिकार मन्त्रिपरिषदमा रहने

५. सार्वभौमसत्ता जनतामा रहने ।

प्रतिक्रिया