आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित

आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपालको जित


  • जन संचार
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 7.5K
    Shares

आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई तीन विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको एकसय ८० रनको लक्ष्य नेपालले अन्तिम दुई ओभर बाँकी छँदा सात विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी निर्णायक रह्यो । खराब शुरुवात गरेको नेपालले १०५ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो । एकपछि अर्को ब्याट्सम्यान आउट हुँदा पनि ओपनर आसिफ क्रिजमा टिकिरहेका थिए । नवौं नम्बरमा आएका सन्दीपले आसिफलाई बलियो साथ थिए । दुबैले आठौं विकेटका लागि अबितित ७७ रनको साझेदारी गरे । आसिफ ८६ र सन्दीप ३५ रनमा अविजित रहे । आठौं विकेटका लागि ७७ रनको साझेदारी नेपालको अहिलेसम्मको धेरै हो ।

प्रतिक्रिया