भारतबाट अवैध रुपमा ल्याइएको लाखौंको औषधि कन्चनपुरमा बरामद

भारतबाट अवैध रुपमा ल्याइएको लाखौंको औषधि कन्चनपुरमा बरामद


  • जन संचार
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 4.5K
    Shares

भारतबाट अवैध रुपमा ल्याइएको लाखौंको औषधि कन्चनपुरमा बरामद

कञ्चनपुरमा १० लाख रुपैयाँ भन्दा बढीको अवैध औषधि बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याइएको सो औषधि विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले भीमदत्त नगरपालिका-३ भासी पुल नजिकै लुकाएको अवस्थामा १० लाख २१ हजार चार सय रुपैयाँ बराबरको औषधी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगील लुकाई छिपाई राखेको अवस्थामा SEGOPLEX नामक औषधि ८१० पत्ता, BONEVIT एक हजार पत्ता र NEUROMAX एक हजार ८० पत्ता बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएका औषधी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको डांगीले बताए ।

 

प्रतिक्रिया