क्रिकेटर लामिछाने सन्दीपलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा सहभागी गराउन प्रक्रिया शुरु

क्रिकेटर लामिछाने सन्दीपलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा सहभागी गराउन प्रक्रिया शुरु


  • जन संचार
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 3.5K
    Shares

क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल प्रक्रिया शुरु गर्ने भएको छ । सर्वाेच्च अदालतले सन्दीपमाथि लगाइएको विदेश भ्रमणको प्रतिवन्ध फुकुवा गरेपछि उनलाई यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल प्रक्रिया पहल शुरु गर्ने भएको हो । सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ ।

क्यानका प्रवक्ता दुर्गा पाठकले आइसीसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरु पूरा गरी सन्दीपलाई यूएई पठाइने जानकारी दिए ।
पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)मा अनुमति माग्ने बताए । ‘हामी आजै आइसीसीमा पत्र पठाउछौं । उताबाट अनुमति आएपछि टिम म्यानेजरसँग सल्लाह गरेर निर्णय लिइन्छ,’ उनले भने ।

नेपालको टिम शनिबार यूएई भ्रमणका लागि प्रस्थान गरेको थियो । नेपालले आज आफ्नो पहिलो म्याच पपुवा न्यूगिनीसँग खेलिरहेको छ ।

प्रतिक्रिया