उस्तै उस्तै आरोप लागेका हिरोहरुको मुद्दाको फैसला र सुनवाई आजै, एक थुनामुक्त, अर्काले पाए विदेश जाने अनुमती

उस्तै उस्तै आरोप लागेका हिरोहरुको मुद्दाको फैसला र सुनवाई आजै, एक थुनामुक्त, अर्काले पाए विदेश जाने अनुमती


  • जन संचार
  • सोमबार, १५ फाल्गुन २०७९
  • 4K
    Shares

हिरोहरुको मुद्दाको फैसला र सुनवाई आज : एक थुनामुक्त अर्का विदेश जान पाउने

क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले  विदेश जान पाउने अनुमति दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने आदेश भने सदर गरेको छ ।

५ भदौमा सन्दीपले आफूलाई बलात्कार गरेको १७ वर्षीया किशोरीले २१ भदौमा गौशालास्थित प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । त्यो बेला विदेशमा रहेका सन्दीप नेपाल फर्किएपछि २० कात्तिकमा पक्राउ परे । घटनाको अनुसन्धानका क्रममा सन्दीपले ५ भदौमा नगरकोट घुम्न गएको, त्यो रात होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेको स्वीकार गरेका थिए ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको छ । लामिछानेलाई नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

तर उच्च अदालतले त्यसलाई बदर गर्दै सशर्त धरौटीमा रिहा गर्न आदेश दियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत गएपछि लामिछाने पनि क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित निवेदन लिएर सर्वोच्च पुगेका थिए ।

उच्च अदालत पोखराबाट सफाई पाएर अभिनेता पल शाह थुनामुक्त भएका छन् ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । त्यसपछि ती गायिकाले नवलपरासी पूर्वको एक रिसोर्टमा पनि २०७७ चैत ७ गते आफूमाथि शाहले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

उनलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिएका थिए ।

दुवै सेलेब्रेटिलाई नाबालिक बलात्कारको आरोप लागेपछि मुद्दा एवं जेल चलान भएका थिए ।

प्रतिक्रिया