पेरिस ओलम्पिकका लागि एसिया महिला फुटबल छनोट नेपालमा हुने

पेरिस ओलम्पिकका लागि एसिया महिला फुटबल छनोट नेपालमा हुने


  • जन संचार
  • आइतबार, १४ फाल्गुन २०७९
  • 2.8K
    Shares

पेरिस ओलम्पिकका लागि एसिया महिला फुटबल छनोट नेपालमा हुने

२०२४ को पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जानकारी दिएको छ ।

छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०-२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मात्रै खेल्नुपर्खेछ ।

 

प्रतिक्रिया