जोखिम बन्दै पोखराको आकाश, विमानमा चरा ठोक्किएर खसेको भिडियो भाइरल

जोखिम बन्दै पोखराको आकाश, विमानमा चरा ठोक्किएर खसेको भिडियो भाइरल


  • जन संचार
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 23.8K
    Shares

पोखराको आकाशमा बिमानमा ठोक्किएर चरा खसेको भिडियो भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको जहाजमा चरा ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडियो फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले अपलोड गरेका छन् ।

बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले आफूले पनि यो भिडियो सामाजिक सञ्जालमा देखेको भन्दै यसलाई गम्भीर रुपमा लिनु पर्ने बताए ।

‘चराको यति बाक्लो गतिविधि हवाई सुरक्षालाई चुनौती हो,’ उनले भने, ‘यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’

 

 

 

प्रतिक्रिया