उसको कर्म हेर्न आउने जति
कर्मको साक्षी दियो सरह बन्न आए
अन्धकारमा उज्यालो ज्योति छर्न आए
पहिले पुजिन आए
उसले सबैको मन जित्यो
उसको मन एक जनाले पनि जित्न सकेनन
अनि उ बन्यो चासोको विषय
उसका कर्म बने चासोको विषय
अनि जति आए उ सँग गफ गर्न
ती सबै उसको लागि भोलि लिएर आए
बिना आज भोलि आउँदैन भन्ने कुरा बिर्सिएर आए
अनि उ भित्रको ईश्वर बोल्यो
" दर्शक दर्शन पाउन नै आउँदछन।
अनि उसले बोल्यो
एक्लै गर भन्नेले साथीको हुल खोज्नेछन
दर्शक बन्न ।