दीपेन्द्रको उत्कृष्ट ब्याटिङले स्कटल्याण्डमाथि नेपालले जित हासिल गर्यो ; स्कटि खेलाडीले संदिपसंग हात मिलाएनन

दीपेन्द्रको उत्कृष्ट ब्याटिङले स्कटल्याण्डमाथि नेपालले जित हासिल गर्यो ; स्कटि खेलाडीले संदिपसंग हात मिलाएनन


  • जन संचार
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 4.6K
    Shares

नेपालले स्कटल्याण्डलाई हराइदियो उनीहरुले संदिपसंग हात मिलाएनन

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको छ।

नेपालका लागि सातौं नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रसिंह ऐरीको अविजित ८५ रन र एक सय १६ बलको सामना गर्दै आठ चौका र एक छक्कासहित अविजित अर्धशतकीय इनिङ खेले।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा दुई सय ७४ रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा नेपालले ४७ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

त्यसअघि कुशल मल्लले अर्धशतकीय इनिङ खेलेका थिए। पाँचौं नम्बरमा क्रिजमा उत्रिएका कुशलले ४२ बलमा ६ चौका र तीन छक्कासहित ५० रन पूरा गरेका थिए। आक्रामक ब्याटिङ गरेका कुशलल २८औं ओभरमा आउट हुनुअघि ९ चौका र चार छक्कासहित ८१ रनको महत्त्वपूर्ण इनिङ खेलेका थिए।

नेपालका ओपनर कुशल भुर्तेल १६, आसिफ शेख ९, ज्ञानेन्द्र मल्ल चार तथा कप्तान रोहित पौडेल ६, सन्दीप जोरा पाँच र गुल्शन झा १७ रन जोडेर आउट भए। सोमपाल कामी २४ रनमा अविजित रहे।

स्कटल्यान्डका लागि क्रिस सोल र मार्क वाटले समान तीन–तीन विकेट लिए। यस्तै, माइकल लिस्कले एक नेपाली ब्याटरलाई पेभेलियन फर्काएका थिए।

पहिलो इनिङमा एक सय ११ रन बनाउँदा २५औं ओभरमा ६ विकेट गुमाएको स्टकल्यान्डका लागि लिस्कले शानदार इनिङ खेलेका थिए। भ्रमणकारी टिमका लागि ८५ बलको सामना गरेका लिस्कले तीन चौका र ९ छक्कासहित एक सय सात रनको अविजित शतकीय इनिङ खेले।

लिस्कसँग ८१ रनको साझेदारी गरेका ज्याक हार्भिसले २६ रन बनाएर आउट भएका थिए। त्यसअघि ओपनर क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची  १९ रन जोडेर पेभेलियन फर्केका थिए।

त्यसबाहेक ब्रान्डोन म्याकमुलेन २२ तथा क्रिस ग्रिभेस १६ रन जोडेर आउट भए। मार्क वाट २० रन जोडेर रन आउट भए।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले ९ ओभरमा ४९ रन खर्चेर एक विकेट लिँदा एक मेडन राखेका थिए। यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

शृंखलामा नेपालको यो दोस्रो जित हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो। यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो।

त्यो जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग २ च्याम्पियन बनिसकेको छ। नेपालले शृंखलाको दोस्रो खेलमा शनिबार नामिबियासँग खेल्ने छ। यस्तै, शृंखलाको अन्तिम खेलमा नेपाल र स्कटल्यान्ड नै मंगलबार भिड्ने छन्।

क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ । तर स्कटल्याण्डका खेलाडीले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् ।

प्रतिक्रिया