महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा साधुबाबाहरुको चहलपहल !

महाशिवरात्रीको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा साधुबाबाहरुको चहलपहल !


  • जन संचार
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 16.3K
    Shares

पशुपतिनाथ मन्दिरमा नागाबाबहरुको चहलपहल

काठमाडौं पशुपतिनाथ मन्दिरमा महाशिवरात्री मनाउन भारतलगायत देश-विदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई मन्दिर परिसरमा प्रवेश दिइएको छ ।

हातमा त्रिशुल, गलामा माला जिउभरि भस्म पोतेका बाबाहरुलाई  अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर-१ बाट पशुपतिनाथको परिसरमा प्रवेश दिइएको हो ।

यस वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान गरिएको छ । साथै मेला व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया