रेबिज लागेर दुहुनो भैसी किलोमै मरेपछि सुर्खेतमा रेबिज बिरुद्द खोप अभियान

रेबिज लागेर दुहुनो भैसी किलोमै मरेपछि सुर्खेतमा रेबिज बिरुद्द खोप अभियान


  • जन संचार
  • बुधबार, ३ फाल्गुन २०७९
  • 3.6K
    Shares

सुर्खेतमा रेबिज लागेर भैसी मर्यो

सुर्खेतको गुर्भाकोट नगरपालिका-२ दहस्थित नेत्रलाल शर्मा गैरेको दुहुनो भैंसी रेबिज लागेर मरेको छ ।

सोमबारदेखी मुखबाट र्‍याल निकाल्ने, मानिसलाई झम्टन खोज्ने, कुकुर जसरी कराउने लगायतका रेबिज रोगको लक्षणहरु देखिए सुरक्षित साथ बाँधेर राखिएको भैंसी मंगलबार बाँधेको किलामै मरेको किसान गैरेले बताए।

भैंसीमा रेबिज देखा परेलगत्तै घर परिवारका सदस्यलाई रेबिजविरुद्धको खोप लगाएको छ। मरेको भैंसीलाई खाडलमा गाडिएको छ। अन्य पशु चौपायामा पनि रेबिज हुन सक्ने भन्दै सतर्कता अपनाउन वडा कार्यालयले आग्रह गरेको छ ।

पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्ण प्रसाद पंगेनीले सुर्खेतका भेरीगंगा, लेकबेसी, गुर्भाकोट लगायतका पालिकाहरुमा रेबिज फैलिएको जानकारी दिए।

‘विभिन्न पालिकामा रेबिज फेलिएको भन्ने सूचना आएपछि हामीले सबै पालिकाको पशु शाखामा कार्यरत कर्मचारीहरुलाई सतर्क रहन आग्रह गर्ने र खोप अभियानलाई प्रभावकारी बनाउन निर्देशन गरिसकेका छौँ ।’ उनले भने, ‘कुकुर, स्याल र चमेराको टोकाईबाट सर्ने रेबिजलाई नियन्त्रण गर्न घर पालुवा तथा छाडा कुकुरहरुलाई रेबिजविरुद्धको खोप अभियान तिब्र रुपमा संचालन गरिएको छ। आवश्यकता अनुसार खोपको व्यवस्थापन गरिएको छ।’

प्रतिक्रिया