नेपालगञ्जमा बाँके प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीका अनुसार पाँच लाख ६९ हजार नक्कली एक हजार दरका नोटसहित तीन युवालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ का ३३ वर्षीय मोहन कुमाई, अछामको तुर्माखाँद गाउँपालिका वडा नं. ३ का ३६ वर्षीय दीपक बिसी र सल्यानको बनगाँड कुपेन्डे नगरपालिका वडा नं. ३० का मोहन राना छन्।