गत सोमबार टर्कीमा गएको भूकम्पमा भत्किएको एक होटेलमा एक विद्यालयको भलिबल टोलीको खोजी गर्दा तीन जनाको शव फेला परेको बिबिसीले जनाएको छ।
फामागुस्ता टर्किस मारिफ कलेजबाट अदियामान गएका खेलाडीहरू शिक्षक र अभिभावक सहित महिला र पुरुषको टोलीस ३९ जना भवन भत्किदा भित्र रहेको बताइएको छ। जहाँ अहिले खेलाडीका परिवार जम्मा भएका छन् भने खोजी कार्य भइरहेको छ।
एडियामानको इसियास होटलबाट दुई शिक्षक र एक विद्यार्थीको शव फेला पारेको अधिकारीहरूले बताएका छन्।