निमावि तहमा संस्कृत भाषाका ४, शुक्लायजुर्वेद १ र कर्मकाण्डी १ गरी स्थायी शिक्षक पदमा १०५६ जनाको विज्ञापन खुला

निमावि तहमा संस्कृत भाषाका ४, शुक्लायजुर्वेद १ र कर्मकाण्डी १ गरी स्थायी शिक्षक पदमा १०५६ जनाको विज्ञापन खुला


  • जन संचार
  • शुक्रबार, २७ माघ २०७९
  • 11.8K
    Shares

निमावि तहमा १०५६ जना शिक्षकको माग

निम्न माध्यामिक तहमा शिक्षक सेवा आयोगले तृतीय श्रेणी शिक्षक पदको लागि विज्ञापन खुलाएको छ ।

शुक्रवार आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी एक हजार ५६ रिक्त पदमा पदपूर्तिका लागि विज्ञापन खुला गरेको हो ।

आयोगले नेपाली विषयको लागि ६५ रिक्त पदमा, अंग्रेजी विषयको लागि ११६ रिक्त पदमा, गणित विषयको लागि १४४ रिक्त पदमा, विज्ञान विषयको लागि २८२ रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ ।

त्यस्तैगरी सामाजिक विषयमा ८९ जना शिक्षक, गणित/विज्ञानमा ३५१ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि एक जना, संस्कृत व्याकरणको लागि तीन जना, संस्कृत भाषाका लागि ४ जना र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ ।

इच्छुक उम्मेदवारले फागुन २८ गतेसम्म नियमित दस्तुरमा र चैत ५ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्नेछन् । परीक्षा २०८० साल बैशाख ९ गते सञ्चालन हुनेछ ।

प्रतिक्रिया