अभिनेत्री करिश्मा मानन्धरले सामाजिक अभियन्ता भनिएका डिल्लीराम खनालबिरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन्।
सामाजिक संजालमा खनालले आफु बिरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक गर्दै नायिका मानन्धरले खनाललाई कारबाहीको माग राखेर प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी हुन्। उनले आफुलाई लगाइएको व्यक्तिगत लाञ्छनासहितको भिडियो पोस्ट गर्दै अघि लेखेकी छिन्,’यो अत्ति भयो?’
नायिका मानन्धरले आफू आफ्नो संसारमा खुशी रहेको भन्दै आफूलाई झुट्ठा लगाउने खनालबिरुद्ध सोमबार साइबर ब्यूरोमा निवेदन हालेको जानकारी दिएकी छिन। उनले अघि थपेकी छिन,”हेरू नेपाल को कानुन कत्तिको बलियो छ.’
सामाजिक अभियन्ता भनिएका खनालले सार्वजनिक संचार माध्यमहरुलाई अन्तरवार्ता दिदै नायिका करिस्मा मानन्धर अमेरिकामा रहंदा हाल बिबादित बनाइएका नेता एबम पूर्व संचारकर्मी रबि लामिछानेसँग लिभिङ टुगेदरमा बसेको जिकिर गरेका छन्।