भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई विदेशी भनेपछि आक्रोशित पूर्वमूख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको एसडिएफ पार्टीले आज सिक्किम बन्दको आव्हान गरेको छ। सिक्किममा ढिलोगरी आयोजना भएको बन्दको आंशिक प्रभाव छ ।
दिनप्रतिदिन चर्किदै गएको आन्दोलनका क्रममा पूर्व मुख्यमन्त्री चाम्लिङले नयाँ दिल्लीको हर्कतविरुद्ध बोल्न डराएको भन्दै हालका मुख्यमन्त्री पीएस गोलेको राजीनामा समेत मागेका छन् । चाम्लिङले वर्तमान मुख्यमन्त्री गोलेको राजिनामा मागिरहेका बखत गोले सरकारका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मणि शर्माले पदबाट राजीनामा गरेका छन् ।
पाँच दशकअघिसम्म छुट्टै देशका रुपमा रहेको सिक्किम सन् १९७१ मा भारतमा विलय भएको थियो । अझै पनि त्यहाँका बासिन्दालाई हेर्ने दिल्ली संस्थापनको नजरियामा भने फेरबदल आइनसकेको गुनासो हुने गर्छ ।