क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा पूर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा पूर्पक्ष गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता


  • जन संचार
  • बिहिबार, १९ माघ २०७९
  • 3.2K
    Shares

क्रिकेटर सन्दिप लामिछाने

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा पूर्पक्ष गर्न माग राखेर सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ । नेपाल सरकारको तर्फबाट नायव महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ गते भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पूर्पक्ष गर्नुपर्ने माग गरिएको छ । उक्त निवेदनमा लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर गर्न पनि माग गरिएको छ।

क्रिकेटर लामिछानेलाई उच्च अदालत पाटनले शर्तसहित रू २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशङ्का व्यक्त गरिएको छ ।

प्रतिक्रिया