सडकमा नाचेको भिडियो इन्स्टाग्राममा  सार्वजनिक भएपछि इरानी जोडीलाई दशबर्षे जेल संजाय

सडकमा नाचेको भिडियो इन्स्टाग्राममा  सार्वजनिक भएपछि इरानी जोडीलाई दशबर्षे जेल संजाय

  • जन संचार
  • बुधबार, १८ माघ २०७९
  • 3.6K
    Shares

सडकमा नाचेको भिडियो इन्स्टाग्राममा  सार्वजनिक भएपछि इरानी जोडीलाई दशबर्षे जेल संजाय

इरानको सडकमा नाचेको आरोपमा एक इरानी जोडीलाई साढे १० वर्षको जेल सजाय सुनाइएको छ।

प्रहरीले उनीहरूमाथि भ्रष्टाचार, वेश्यावृत्ति र दुष्प्रसार गरेको आरोप लगाइएको थियो जसलाई अदालतले दोषी ठहर गरेको समाचार संस्था एपीले जनाएको छ।

राजधानी तेहरानस्थित फ्रीडम टावर अगाडि नाचिरहेको उनीहरुको भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा  सार्वजनिक भएपछि उनीहरूलाई पक्राउ गरिएको थियो।

इरानका २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा देहव्यापारलाई बढवा दिएको, राष्ट्रिय सुरक्षाविरुद्धमा योजना बनाएको र स्थापित मान्यताविरुद्ध प्रचार गरेको अभियोगमा दोषी ठहर गरिएको बताइएको छ।

पक्राउ पर्नुअघि पेसाले आफूलाई फेसन डिजाइनर बताउने हकीकीको घरमा प्रहरीले छापा मारेको थियो।

इरान सरकारले महिलालाई पुरुषसँग एक्लै नाच्न अनुमति दिएको छैन।

प्रतिक्रिया