क्रिकेटर सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

क्रिकेटर सन्दिप लामिछानेको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय


  • जन संचार
  • बुधबार, १८ माघ २०७९
  • 3.6K
    Shares

नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई भदौ २३ गते निलम्बन गरेको थियो । असोज २० गते पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई पुष २८ गते २० लाख रुपियाँ धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो ।

प्रतिक्रिया