अस्ट्रेलियामा नेपाली नर्स पक्राउ ; ९५ वर्षसमेतको वृद्धवृद्धालाई कुटेको आरोप

अस्ट्रेलियामा नेपाली नर्स पक्राउ ; ९५ वर्षसमेतको वृद्धवृद्धालाई कुटेको आरोप


  • जन संचार
  • सोमबार, १६ माघ २०७९
  • 13.3K
    Shares

अस्ट्रेलियामा पक्राउ परिन नेपाली नर्स

अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।

इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ ।

पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।

पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन् ।

पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार भएको सुन्नु निक्कै दुखदायी भएको बताइन् ।

पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।

 

प्रतिक्रिया