ग्वार्कोमा कार र ट्याक्सी ठोक्किंदा २ को मृत्यु ६ घाइते

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किंदा २ को मृत्यु ६ घाइते


  • जन संचार
  • सोमबार, १६ माघ २०७९
  • 11K
    Shares

ग्वार्कोमा कार र ट्याक्सी ठोक्किंदा २ को मृत्यु ६ घाइते

ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

गएराति साढे १२ बजे बिएन्डबी अस्पताल अगाडिको ओरालोमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए।

बा २ ज ३४२० नम्बरको ट्याक्सीमा ६ जना सवार थिए भने बा ४ च १ नम्बरको कारमा २ जना सवार थिए ।

ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका-७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो।

दुर्घटना भएपछि उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो।

तिव्र गतिका कारण उक्त दुर्घटना भएको उनले बताए। प्रहरी वृत्त सातदोबाटोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया