फ्लाई दुबईको उडानबाट काठमाडौं-दुबई हुँदै क्रोसिया जान लागेका २२ पुरुष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको हाते झोला जाँच गर्ने ठाउँबाट पक्राउ गरिएको त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलले जनाएको छ।
पक्राउ पर्नेमा राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना, महेन्द्र राई, सोनम तामाङ, राजु शाही, मिलन राई, राजु लामा, दशरथ राई, सोमबहादुर केसी छन् । नवीन थापामगर, लोप्साङ तामाङ, नगेन्द्र चौधरी, डम्बरबहादुर योङहाङ, बुद्धिराज नेमाङ लिम्बु, निवासा लिम्बु, जसबहादुर लिम्बु, उपेन्द्र मल्ल, किरण लामा, एलिस खत्री र अशोक गुरुङलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट प्रहरीले ७२ लाख ६३ हजार नौसय ७१ नेपाली रुपियाँ बराबरको विभिन्न दरका ५१ हजार तीनसय ५१ यूरो बरामद गरिएको प्राप्त समाचारमा जनाइएको छ।
उनीहरुलाई पठाउने पदमबहादुर विश्वकर्मा पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान गेटको बाहिर पट्टीबाट नियन्त्रणमा परेका छन् । उनको साथबाट भने नेपाली रुपैयाँ १००० दरको एकलाख २० हजार बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।