यसरी थुनामुक्त भए सन्दीप,उनले मान्नैपर्ने यी ५ शर्तहरु ; उल्लंघन भएदेखि फेरी समातिन सक्ने

यसरी थुनामुक्त भए सन्दीप,उनले मान्नैपर्ने यी ५ शर्तहरु ; उल्लंघन भएदेखि फेरी समातिन सक्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ पुष २०७९
  • 10.1K
    Shares

यसरी थुनामुक्ता भए सन्दीप,उनले मान्नैपर्ने यी ५ शर्तहरु ; उल्लंघन भएदेखि फेरी समातिन सक्ने

मुद्दाले किनारा नलगाएपनि सन्दीप लामिछाने २० लाख धरौटी तिरेर थुनामुक्त भएका छन्।

नाबालिगमाथि बलात्कार आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए। उनीमाथि लगाइएको निलम्बन फुकुवा गरेर राष्ट्रिय टिममा फर्काउन मिल्ने वा नमिल्ने विषयमा क्यानले कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ।

यो विषयमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि सुझाव माग्नेछ।

त्यसपछि मात्र क्यानले निर्णय गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दको भनाइ छ।

थुनामुक्त भएपछि सन्दीप काठमाडौंमा बस्नेछन्। ‘सन्दीपको मुद्दासँगै हामी चितवन छाडेर काठमाडौंमा बस्दै आएका छौं। अब यतै बस्छौं,’ बुबा चन्द्रनारायणले भने।

१७ वर्षीया नाबालिगमाथि बलात्‍कार गरेको आरोप लागेका सन्दीपलाई अदालतले ५ वटा शर्तमा मात्रै थुनामुक्त गर्न आदेश दिएको हो। उक्त आदेशको पालना नगरी उल्लंघन गरेको पाइएमा उनी पुन: थुनामा पठाइनेछ।

उनलाई अदालतले राखेको ५ शर्तहरु

१ विदेश जान रोक लगाएको छ।

२ काठमाडौं उपत्यका छाड्न पनि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुमतिमा मात्रै पाउने छन्।

३ अदालतले उनीमाथि निगरानी राख्न पनि भनेको छ।

४ गतिविधिको निगरानी गर्ने

५ उनको मोबाइल नम्बर, वा विवरणको सञ्चार संचार अभिलेख गर्न

प्रहरी प्रधान कार्यालयले सुरक्षित र उपयुक्त व्यवस्था मिलाउन सक्ने भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार