तीन महीनापछि फेरि कोरोनाबाट मृत्यु

तीन महीनापछि फेरि कोरोनाबाट मृत्यु


  • जन संचार
  • आइतबार, २४ पुष २०७९
  • 3.6K
    Shares

कोरोनाभाइरसको संक्रमणबाट तीन महीनापछि फेरि एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको हो। शनिबार पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।

यसअघि गत कात्तिक ७ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। त्यसयता कोरोना संक्रमण कम हुँदै गएको थियो भने कसैको पनि ज्यान गएको थिएन । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २० पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। अहिले नेपालमा २१ जना सक्रिय कोरोना संक्रमित छन्।

योसँगै अहिलेसम्म नेपालमा १० लाख एक हजार २० जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये नौ लाख ८८ हजार ९७९ जना निको भइसकेका छन्। आज दुई जना निको भएका छन्।

प्रतिक्रिया