चितवनमा बौलाहा कुकुर आतंक,२५ जना घाइते

चितवनमा बौलाहा कुकुर आतंक,२५ जना घाइते


  • जन संचार
  • बुधबार, २० पुष २०७९
  • 11.2K
    Shares

चितवनमा बौलाहा कुकुर आतंक,२५ जना घाइते

चितवनमा बौलाह कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगमा  बौलाह कुकुरको आतंक मच्चिएको छ।

अन्यत्र गाउँबाट आएको कुकुरले गाउँमा भेटेका जतिलाई टोक्न थालेपछि गाउँ नै त्रसित बन्यो । अगाडि भेटिनेलाई कुकुरले टोक्दै जानेक्रममा २५ जना घाइते भएका छन् । तीमध्ये दुईजना अघिल्लो दिनमा घाइते भएका हुन् ।

उनीहरु आफन्तको घरमा आएका थिए । बाँकी २३ जनालाई मंगलबार टोक्दै घाइते बनाएको थियो । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को माझगाँउ, नागदह, ढाप, चिसापानीमा कुकुर आतंक भएको हो । घरमा काम गरिरहेका र बाटोमा हिँडिरहेका बेला कुकुरले टोकेको हो ।

घटनापछि गाउँपालिकाका विज्ञको टोली तुरुन्तै उक्त गाउँ पुगेर उद्धार गरेका थिए ।  घाइतको उपचारसँगै रेविजको खोप लगाइएको थियो । २५ मध्ये २२ जना जटिल घाइते भएका थिए । उनीहरुलाई युरोग्लोविनको खोप पनि लगाइएको छ ।

थप उपचारका लागि पांचजनालाई भरतपुर अस्पताल पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव सापकोटाले बताए । ‘मान्छे भट्यो कि टोकिहाल्ने , गाउँभरी टोक्दै टोक्दै हिँडेपछि हामी लगत्तै हामी गाउँ पुगेर कुकुर नियन्त्रणमा लाग्यौं , कुकुरलाई नियन्त्रणमा लिएर मारिएको छ ।

 

 

प्रतिक्रिया