मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै भुटानी युथ स्पोर्ट्स सेमिफाइनलमा प्रवेश

मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै भुटानी युथ स्पोर्ट्स सेमिफाइनलमा प्रवेश


  • जन संचार
  • मंगलबार, १९ पुष २०७९
  • 14.5K
    Shares

भुटनिज युथ स्पोट्र्स क्लब बीवार्ईएससी

६ पटकको विजेता र छ पटक नै आहा रारा पोखरा गोल्डकपको उपविजेता बनेको मनाङ मर्स्याङदी क्लबलाई पराजित गर्दै अमेरिकामा रहेका भुटानी शरणार्थीहरुको टिम भुटनिज युथ स्पोट्र्स क्लब बीवार्ईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मर्स्याङदी क्लबलाई राजित गर्दै भुटानी शरणार्थीहरुको क्लबले प्रतियोगितामा सेमी फ़ाइनलमा प्रवेश गरेको हो। बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ मर्स्याङदी क्लब लाई बीवाईएससीले १–० ले पराजित गरेको हो । यस पराजयसंगै मनाङ मर्स्याङदी क्लब पहिलो खेलबाटै बाहिरिएको छ ।

बीवाईएससीका प्रविण बस्नेतले खेलको १७ औं मिनेटमा मनाङ मर्स्याङदी क्लबबिरुद्ध गरेको एक मात्र गोल नै आजको खेलको निर्णायक गोल हुन पुग्यो। बस्नेतलेहेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए ।

दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।

प्रतिक्रिया