विश्व फुटबल इतिहासमै सबैभन्दा महँगो पारिश्रमिकमा बिकेका रोनाल्डो पुगे साउदी अरब

विश्व फुटबल इतिहासमै सबैभन्दा महँगो पारिश्रमिकमा बिकेका रोनाल्डो पुगे साउदी अरब


  • जन संचार
  • मंगलबार, १९ पुष २०७९
  • 14.3K
    Shares

रियाद पुगे रोनाल्डो

पोर्चुगिज विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्।

वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। यो विश्व फुटबल इतिहासमै हालसम्मको सबैभन्दा बढी पारिश्रमिक हो। ५ पटकको बालेन डि’ओर विजेता रोनाल्डोले कीर्तिमानी रकममा एसियाली क्लब भित्रिएका हुन्।

युनाइटेडसँगको समय बाँकी रहँदै उनले आपसी सहमतिमा सम्झौता तोडेका रोनाल्डोलाई अनुबन्ध गरेर साउदी प्रो लिग च्याम्पियन अल-नासरका अध्यक्ष मुसल्ली अल-मुअम्मरले आफूहरूले नयाँ इतिहास रचेको बताएका छन् ।

रोलान्डोलाई क्लबले एउटा सुविधा सम्पन्न लक्जरी होटलमा राखेको छ। उनले व्यक्तिगत सुरक्षाकर्मी र केही सहयोगीसमेत लिएर आएका छन्।

रोनाल्डो मंगलबार स्थानीय समय अनुसार साँझ ७ बजे रियादको अल नासरको २५ हजार क्षमताको मिसुल पार्क स्टेडियममा देखा पर्नेछन्।

सन् २००३ देखि २००९ सम्म २ सय ९२ खेलमा १ सय १८ गोल गरेका उनले सन् २००९ देखि २०१८ सम्म ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरे। युभेन्टसमा ३ सिजन बिताएका उनले १ सय ३४ खेलमा १ सय १ गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि गत सिजन ३८ खेलमा २४ गोल गरे।

उनले साउदी क्लबसँग सम्झौता गर्दै आफू अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको बताए।

‘म भाग्यमानी छु कि मैले युरोपेली फुटबलमा जित्नका लागि सेट गरेको सबै कुरा जितेको छु र अहिले एसियामा मेरो अनुभव बाँड्ने यो सही समय हो भन्ने महसुस गरिरहेको छु,’ उनले भने।

 

 

 

 

प्रतिक्रिया