महान फुटबल खेलाडी पेलेको अन्त्येष्टिमा हजारौको भीड, पेलेको नामबाट रंगशालाको नाम राख्न आग्रह

महान फुटबल खेलाडी पेलेको अन्त्येष्टिमा हजारौको भीड, पेलेको नामबाट रंगशालाको नाम राख्न आग्रह


  • जन संचार
  • मंगलबार, १९ पुष २०७९
  • 12.9K
    Shares

पेलेको अन्तिम संस्कार आज गरिने

महान फुटबल खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । उनको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।

उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई सान्तोस क्लबको रंगशालामा लगिएको थियो ।

सान्तोस क्लबबाट दुई दशकभन्दा बढी व्यावसायिक फुटबल खेलेका पेलेले ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए ।

श्रद्धाञ्जली अर्पणपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफाले पेलेलाई उच्च सम्मान गर्ने बताए । साथै उनले फिफाका सदस्य राष्ट्रहरुलाई कम्तिमा एउटा रंगशालाको नाम पेलेको नामबाट राख्न आग्रह गरे ।

वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो रहेको पेलेको २४ घन्टाको श्रद्धाञ्जलि सभापछि पेलेको अन्तिम संस्कार गरिने छ । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाको पनि सहभागिता रहने समाचार एजेन्सीहरुले बताएका छन् ।

 

 

 

प्रतिक्रिया